दाङ – देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज आइतबार एघारौँ दिन करिव पच्चीस सय बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन्। महोत्सवमा दैनिक जसो प्रख्यात कलाकारहरुले प्रस्तुति दिदै आएका छन् ।
लोकप्रिय तथा चर्चित गायिका प्रिती आले र चर्चित लाेकदाेहाेरी गायक कृष्ण रेउले दर्शकलाई छमछमी नचाएका छन् । कार्यक्रमकी मुख्य आकर्षक चर्चित तथा लाेकप्रिय गायिका प्रिती आलेले ‘बोलायो रे मायाले, ओ माल, नयाँ साथी, गाईलाई खरी घाँस, मन परेको जुत्ता, हे राम, सोल्टी राजै जस्ता अत्याधिक चर्चा कमाउन सफल गीतहरु गाएर दर्शकलाई मनोरंजन दिएकी थिइन् ।
आले सांगीतिक क्षेत्रकी एक बहुप्रतिभाकी धनी गायिका हुन् । उनले थुप्रै नेपाली गीत संगीतामा आवाज दिनुका साथै अभिनय समेत गरिसकेकी छिन् । सांगीतिक क्षेत्रमा आले ब्याटल गायिकाको रुपमा प्रसिद्द छिन ।
यस्तै कार्यक्रमका आर्का मुख्य आकर्षक तथा चर्चित लाेक दाेहाेरी गायक कृष्ण रेउले सबै वर्ग समुदायले मन पराएका गायक हुन् । रेउलेले जस्तोसुकै गीतलाई पनि न्याय दिएर गाउँ सक्ने क्षमता भएका गायक हुन् । उनले “आज गाउँमा, साईली, झुमा साइबो, टप्पा, लाइभ दोहोरी गीत प्रस्तुत गरेका थिए । सांगीतिक कार्यक्रमका लागि गायक रेउले र गायिका आले यतिबेला देश तथा विदेशको दौडाहमा व्यस्त छन् ।
त्यस्तै महोत्सवमा यिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरूकाे समेत जाेडदार प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।
महाेत्सवमा पछिल्लो समयका लोकप्रिय मोडेल विजय पुन, र दीपक वर्माले गज्जबको प्रस्तुति देखाएका थिए भने कुशल कार्यक्रम संचालिका मंजु पौडेलको भरपुर साथ् रहेको छ । अन्य डान्सर कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाएका थिए ।
“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (विविधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ । महोत्सवमा अपाङ्ग व्यक्तिहरुले बनाएका घरेलु हस्तकला, कृषि औजारहरु, बाँस बाट निर्मित सामाग्रीहरु राखिएको छ ।
सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्