राष्ट्रपति बन्ने बारे केहि सोचिसकेको छैन – माधव नेपाल

दाङ समाचार
दाङ समाचार ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई पावर शेरिङ्गको रुपमा लिने संकेत गर्नु भएको छ । दाङको भालुवाङमा पत्रकारहरुसंग छलफल गर्दै उनले राष्ट्रपति बन्न आफुलाइ ठोस प्रस्ताव नआएको समेत दावी गर्नु भयो । तर, उहाँले आफु के बन्ने भन्ने बारेमा अझै सोचि नसकेको बताउनु भएको छ । अहिले बजारमा हल्लाहरु धेरै छन ।

चर्चापरिचर्चाहरु धेरै छन । यस सन्दर्भमा कुनै टुंगो लागेको छैनझउहाँले भन्नु भयो –ञचाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफु के गर्ने सोचि सकेको छैन ।

हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा के छ भन्दा पावर शेरिङ्गमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । पावर शेरिङ्गमा भूमिका नगरेर अरुकैलागि सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा मान्नय नहुने नेता नेपालको भनाई छ ।

राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरुलाइ पर्दाभित्रै रहन दिदा उपयुक्त हुने बताउनु भयो । प्रेसमा आएका सबै समाचारहरु साँचो हुन्छन भन्ने छैन उहाँले भन्नु भयो –अहिलेनै बोल्ने कुराको हतार गर्नु हुन्न । हतार नगरीकन पर्दा भित्रनै रहन दिनुपर्छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताउनु भयो । संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ उहाँले भन्नु भयो –देशलाई समाजवादको दिशा तर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौं ।

चुनाव अघि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत रहेको खुलाउनु भएको थियो तर, झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपतिको बन्ने भन्ने बिषयमा ठोस निर्णय नभएको नेपालले दावी गर्नु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्