काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।
नेपालले आफ्नो ५० औं एकदिवसीय(ओडिआई) खेलमा ओमानविरुद्ध रोमाञ्चक जित निकाल्यो । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो ।
४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्