साँचो प्रेम गर्ने जोडीले पाए “नयाँ जिन्दगी”

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ बैशाख २०८०, सोमबार
2 Min Read
Aa

काठमाण्डौ – गायक तथा संगीतकार किरण बाबु पुनको नयाँ गीत “नयाँ जिन्दगी” सार्वजनिक भएको छ । यो गीत गायक तथा संगीतकार पुनको आफ्नै अफिसियल युटुब च्यानल Kiran Babu Pun बाट सार्वजनिक भएको हो ।

चर्चित गायक रामजी खाँण र टीका पुनको सुमधुर आवाजले सजिएको उक्त गीतको शब्द पुस्कर बिश्वकर्माले लेख्नु भएको छ भने सर्जक पुनले आफै कर्णप्रिय संगीत भरेर गीतलाई जिवन्त दिनु भएको छ । गीतमा प्रेमिल जोडी एक अर्काको लागि बाँचेको कुरालाई देखाउन खोजिएको छ । जसोतसो भएपनि जिउने हिम्मत जुटाएको, आफ्नी मायालुलाई पाएसी नयाँ जीवन पाएको जस्ता प्रेमपुर्ण भावनालाई समेटेर गीत तयार भएको छ ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका ख्यातिप्राप्त गायक रामजी खाँड र टिका पुनले यस गीतलाई अत्यन्तै न्याय दिएर स्वर भर्नु भएको छ । ‘आशा छ यो गीतलाई पनि अन्य मेरा सिर्जना जस्तै माया गरि दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु’- किरण बाबु पुनले भन्नु भयो ।

शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा मिक्सिङ्गको काम कुमार सानु पुन, रेकर्डिङ्ग सागर पुनले गर्नु भएको छ । त्यस्तै रिदम मेघराज लुङ्गेली, बाँसुरी गोपाल देव, सारङ्गी धर्म गन्धर्व, स्याक्सोफोन रबिन कार्की, कोरस स्मृति शाही र निर्मला घिसिङको रहेको छ ।

“नयाँ जिन्दगी” मा कलाकार प्रेम थापा र सगुन शाहीको दमदार अभिनय देख्न सकिन्छ । यस गीतमा निर्देश सिर्जन बराल (ऋषि), छायांकन राम केसी, सम्पादन राजकुमार मगर, मेकअप आशा, पोष्ट प्रोडक्सन-राजकुमार फिल्मस्
पोष्टर दुर्गेश राना, छायांकन स्थल बाग्लुङ, आइटी सपोर्ट तथा डिजिटल कन्टेन्ट म्यानेजमेन्ट राजेन्द्र अर्याल लगायतको सहयोग रहेको गायक तथा संगीतकार पुनले जानकारी दिनु भएको छ ।

यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नु होस् ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्