फेरि बढ्यो सुनको मूल्य

दाङ समाचार
दाङ समाचार २५ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो। यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज छापावाल सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ। सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने स्थिर छ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्