जातिय भेदभावलाई जरैबाट ओखलेर फाल्नु पर्छ – नगर प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार ८ असार २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जातीय भेदभाव अझै पनि कायम रहेको बताउनु भयो । जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनी साक्षरता सम्बन्धि २ दिने तालिमको उद्घाटन गर्दै प्रमुख चौधरीले जातिय भेदभावलाई जरैबाट ओखलेर फाल्नु पर्छ’- उहाँले भन्नु भयो । २१ औं शताब्दीमा आई पुग्दा समेत यस्ता खालका कुरीति कुसस्कार समाजमा कायम रहनु राम्रो पक्ष नभएको उहाँको भनाई छ ।

त्यस्तै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले छुवाछुत र भेदभाव गर्नु अपराध भएको बताउनु भयो । यदि कोहि कसैले भेदभाव गर्छ, जातिगत रुपमा अपमान गर्छ, त्यस्तालाई कानूनी कारबाही गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मंचका अध्यक्ष भानु जोशीले दलित समुदाय माथि हुने अन्यायका विरुद्द आफुहरुले निरन्तर कलम चलाएर सहयोग गरेको बताउनु भयो । आगामी दिनमा पनि आफु र आफ्नो संस्था दलित समुदायको पक्षमा रहेको बताउनु भयो ।

दलित सचेतना अभियान दाङका अध्यक्ष शशीराम नेपालीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा तालिम उद्घाटन कार्यक्रम भएको हो। संस्थाका संस्थापक सहसचिव हरिश विश्वकर्माको स्वागत मन्तव्य बाट शुरु भएको तालिमको सहजीकरण सचिव प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानूनी साक्षरता सम्बन्धि २ दिने तालिम आजदेखि लमहीमा शुरु भएको छ। दलित सचेतना अभियान दाङको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिममा वडा नम्बर १ देखि ९ सम्मका ६० जना दलित महिला पुरुषको सहभागिता रहेको छ । दुई दिन सम्म चल्ने तालिमको प्रशिक्षकमा निर्मल नेपाली र नानीमैया वली रहनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्