काठमाडौं – पछिल्लो पुस्ताका उदाउदा लोकप्रिय लोक दोहोरी गायक, नायक, गीतकार, संगीतकार शक्ति चन्दले यो वर्ष पनि तीज कोशेली लिएर स्रोत माझ आएका छन । हरेक वर्ष गायक चन्दले तीज गीत मार्फत आफ्ना स्रोतालाई भरपुर मनोरंजन दिंदै आएका छन, जस अनुशार यो वर्ष पनि “भस्मे मन पर्यो” बोलको तीज गीत लिएर आएका छन ।
नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत “भस्मे मन पर्यो” सार्वजनिक भएको छ । लोक गायिका टिका पुन र शक्ति चन्दको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत शक्ति चन्दको रहेको छ ।
साविकको मध्यपश्चिमाञ्चल क्षेत्रमा रुचाइने भस्मे मन पर्यो भन्ने शब्दलाइ टपक्क टिपेर शब्द जोड्दै गायक चन्दले गीतमा परिणत गरेका छन । साथै पश्चिम नेपालमा रुचाइने शब्द औडा मन पर्यो पनि यो गीतमा समाबेस गरिएको छ ।
खेमराज गौतमको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राना र खुमन रानाले रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् । मोडल अनु शाह, संचिता बोलाखे रायन बस्याल र झविन नेपालीको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् ।
विजय बुढा मगरको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो शक्ति चन्दको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
यो गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस ।
प्रतिक्रिया दिनुहोस्