ढिलो आउने कर्मचारीलाई नगरप्रमुखद्वारा फुलले स्वागत

दाङ समाचार
दाङ समाचार २१ कार्तिक २०८०, मंगलवार
1 Min Read
Aa
दाङ – कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो ।
ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिनु भएको छ ।
एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने हाम्रो चाहाना हो”- उहाँले भन्नू भयो ।
उक्त अनुगमनमा लमही नगरपालिका -१ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, ८ का वडा अध्यक्ष उमेश कुमार खड्का सहितको टोलीले अनुगमन गरेको हो ।
दाङ समाचार

प्रतिक्रिया दिनुहोस्