दाङ – नेपाली लोकगीत क्षेत्रका एक होनहार कलाकार, लोकप्रिय गायक तथा संगीतकार किरणबाबु पुन र सुमधुर स्वरकी धनी लोकप्रिय गायिका टिका पुनको आवाजमा ‘प्रेम हैन र ?” बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । उक्त गीत लोक दोहोरीको क्षेत्रमा फरक शैलीको गीत भएको बताइएको छ ।
गीतमा किरणबाबु पुनको उत्कृष्ट शब्द र सुमधुर संगीतमा कुमार सानु पुनले संगीत संयोजन गरेका छन् । शंकरा डिजिटलमा रेकर्ड भएको उक्त गीतको भिडियोलाई खड्ग बहादुर पुन मगर ‘खबपु’ ले निर्देशन गरेका हुन् । कालिन्चोकको प्राकृतीक रमणीय दृष्यमा छायांकन गरिएको सो गीतमा किरणबाबु पुन र जुना गुरुङले अभिनय गरेका छन् ।
अजय रेग्मीको छायांकन रहेको उक्त गीतको भिडियोलाई दिपक पुन मगरले भिडियो सम्पादन गरेका हुन् । राजकुमार मगरले भिडियोमा कलर गरेका छन् भने युंका प्रोडक्सनले भिडियो प्रोडक्सन गरेको हो । उक्त गीत किरणबाबु पुनको अफिसियल युटुब च्यानलबाट दर्शक श्रोता माझ सार्वजनिक गरिएको हो ।
यो गीतको पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्