जनताका गुनासो सम्बोधन हुने गरि काम गरेका छौं – नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ माघ २०८०, बिहीबार
5 Min Read
Aa

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीसंग गरिएको कुराकानी:-

सर्वप्रथम यहाँलाई स्वागत छ, के मा व्यस्त हुनुहुन्छ हिज आज ?
धन्यवाद, जनताको सेवा गर्न भनेर आएको म हिज आज जनताकै सेवामा व्यस्त छु ।

लमही कोइलाबास सडक अन्तर्गत पर्ने कोलही खोलामा पुल नबन्नुको कारण के हो ?
लमही कोइलाबास सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडक हो, यो काम उसैको हो, हाम्रो क्षेत्राधिकार बाहिर भएकोले हामीले केहि गर्न नसकेको अबस्था हो । तर पुलको काम शुरु भैसकेको छ । धेरैले बुझेर पनि नबुझे जस्तो सामाजिक संजालमा तथानाम लेखि रहेका छन् । लमही नगरपालिकाको काम हो कि कसको हो भनेर एक पटक हुलाकी सडकसंग बुझ्न पनि म सबैलाई आग्रह गर्दछु । हामीले करोड भन्दा बढीको वजेटमा दुई वटा वडामा पुलको काम गरेका छौं। यदि हाम्रो क्षेत्राधिकार पर्थ्यो भने कोलही खोलामा उहिल्यै नै पुल बनिसक्थ्यो । हाम्रो क्षेत्राधिकार पर्दैन भनेर हामीले चुप लागेर बसेका पनि छैनौं । काम छिटो शुरु गर्दिनका लागि हुलाकी राजमार्गका प्रमुखसंग बारम्बार कुराकानी भएको छ । चालु आर्थिक वर्षमा यो पुल सम्पन्न गर्ने कार्यालयले आश्वासन दिएको छ ।

लमही नगरपालिकामा नदीजन्य पदार्थ उत्खननको काम रोकिएन भन्ने छ नि ?
हामीले समयमै खोला खोल्न सकेनौं त्यसमा हाम्रो मात्र नभएर सरोकारवालाको दोस छ तर अहिले राष्ट्रपति चुरे संरक्षण बाट अनुमति नआएकोले समस्या भएको हो । विकास निर्माणका काममा बाधा पुगेको छ । समयमा खोला नखोल्दा नै चोरी बढेको हो । तर हामीले यो गएको केहि समय यता थुप्रै ट्याक्टर, टिप्पर, जेसिवी नियन्त्रणमा लिएर राजश्व संकलन गरेका छौं । हामीले राजश्व नदिंदा सम्म नियन्त्रणमा आएका सवारी साधन छोडेका छैनौं । पहिलेको तुलनामा अहिले चोरी नियन्त्रण भएको छ ।

निर्वाचित भएर आएको पनि दुई वर्ष पुग्ने लाग्यो, जनताका अपेक्षा पूरा भए त् ?
हजुर, निर्वाचित भएर आएको दुई वर्ष पुग्दै छ, हामीले चुनावमा जानु अघि थुप्रै खालका प्रतिबद्दता गरेका थियौं, ति मध्ये कति शुरुवात भएका छन् भने कति हुन् बाँकी नै छन्। अन्य कामहरु पनि क्रमश हुँदै जाने छन्। अझै समय बाँकी छ। जनताले अपेक्षा गरेका सबै काम पुरा गर्न नसके पनि औला उठाउने काम गर्ने छैनौं, जनताले स्याबास भन्ने काम गरेर देखाउने छौं।

नगरपालिका निकै सुस्त भयो भन्ने जनगुनासो पनि छ ?
बाहिर आएका सबै कुरा सत्य हुन् सक्दैनन्, सेवा प्रबाह गर्ने क्रममा कहिँ कतै त्रुटी भए होलान तर हामीले त्यस्ता कमीकमजोरीलाई आत्मसाथ गरेर अगाडी बढी रहेका छौं। नगरपालिकाको वास्तविक कुरा थाह पाउनका लागि हाम्रो कार्यालयमा आउनुस, हामी स्पस्ट पार्न सक्छौं । कसैको व्यक्तिगत स्वार्थ पुरा हुने काम हुन् नसक्दा नगरपालिकाको बदनाम गर्न खोजेका होलान, तिनी कुरामा सत्यता छैन।

त्यसो भए यो डेढ दुई वर्षको अवधिमा गरेका केहि काम बताई दिनु होस् न ?
प्रष्टै छ त्, वडा नम्बर १ देखि ९ नम्बर वडाका हरेक गल्लि बस्ति, टोलमा पुग्नुस, संचारकर्मीको काम के हो ? लमही नगरपालिकाले के के काम गरेको छ कति गरेको छ भनेर स्थानीयसंग बुझ्नुस मैले भन्नै पर्दैन नि । हरेक गल्लि कालोपत्रे भएका छन्, खोलाहरुमा पक्कि कल्भर्ट देखि लिएर पक्कि पुल बनेका छन् । सडक स्तर उन्नति भएका छन्। वडा नम्बर ३ r 4 मा करोड भन्दा माथिको वजेट बाट ठुला पुल निर्माण गरेका छौं । त्यतातिर पत्रकारहरुको क्यामरा घोमोस यहि भन्न चाहान्छु ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको स्तर खस्कदो छ भनेर गतवर्षको कक्षा ८ को नतिजाले देखायो यसमा के छ तपाईको भनाई ?
यहाँले निकै महत्वपूर्ण विषयको उठान गर्नु भयो। सामुदायिक वियालायाको शैक्षिक सुधारका हरेक प्रयास गर्दा गर्दैका बाबजुद पनि हामीले गतवर्ष कक्षा ८ को नतिजामा हामी कम्जोर देखियौं । त्यसपछि तुरुन्तै शिक्षा समितिको बैठक बसालेर समिक्षा गरियो । सबैले आमालोचना गर्दै अब आगामी दिनमा शैक्षिक सुधारमा सबैले तनमन लगाउने गरि सहमति भएको छ । पठन पाठन देखि लिएर सबै सामुदायिक विद्यालयका गतिविधि नियमन गर्न भनेर सिसि क्यामरा जडान गरेका छौं। बेला बेला अनुगमन भैरहेको छ । भौतिक रुपमा उपस्थित हुन् नसकेको अबस्थामा नगरपालिका बाटै नियमन गर्दै आएका छौं । आशा छ यो आर्थिक वर्षमा उत्कृष्ट नतिजा आउने छ ।

स्वास्थ्य, खानेपानी, कृषि, यातायातको अवस्था केछ नगरपालिका भित्र ? सबै वडामा यी सेवा पुगेका छन् ?
लगभग सबै वडालाई सडकले छोएको छ । सबै वडामा नगर स्वास्थ्य केन्द्र स्थापना भएका छन् । सबै वडा कार्यालयमा पशु र कृषि प्राविधिक पठाएका छौं। खानेपानीका योजनाहरुको काम पनि धामधाम भैरहेका छन् । केहि वडामा भौगोलिक विकटताका कारण समस्या उत्पन्न भएका छन्, त्यहाँ कुनै विकल्प अपनाएर काम गर्ने छौं ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्