दाङ – हास्य कलाकार कुल बहादुर वलीको तीज गीत ‘काँचो केरा’ सार्वजनिक भएको छ । वलीको आफ्नै लय तथा शब्द संकलन रहेको यस गीतमा वलीकै स्वर रहेको छ भने चर्चित दोहोरी गायिका राधिका हमालले साथ दिनु भएको छ ।
त्यसैगरी ओली र हमाललाई कृष्ण बजगाई, दीपक वलीकाे साथ रहेको छ । सामुहिक आवाजमा पनि अन्य कलाकारहरुकाे आवाज रहेको छ ।गायक वलीको निर्देशनमा छायांकन भएकाे भिडियाेमा दीपक वली, रबिना खत्री तथा धेरै कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो गीतलाई दाङ जिल्लाको विभिन्न स्थानमा छायांकन गरिएकाे छ।
पछिल्लो समयका नाम चलेका उत्कृष्ट म्युजिक एरेन्जर खेमराज गाैतमकाे मन छुने एरेन्ज रहेको छ । विशेष गरि यो तीज गीतमा रोल्पा, रुकुममा बोलिने माैलिक खष भाषालाई जोडिएको छ । कलाकार वली लामो समयदेखि खस भाषालाई संरक्षण र प्रबर्धन गर्नु पर्छ भनेर अभियन्ताकै रुपमा लाग्नु भएको छ ।
वलीले आफुलाई हास्य कलाकारको रुपमा परिचित गराउनु भएको छ । उहाँले दिने हरेक प्रस्तुतिहरु सन्देश मुलक हुने गर्छन । केहि समय अघि कलाकार कुल बहादुर वली र ममता खड्काले खस भाषामा व्याङ्ग्यात्मक तरिकाले बोलेका सचेतनाका आवाजहरु सामाजिक संजालमा निकै भाइरल भएका थिए । दर्शक स्रोताले असाध्यै रुचाएका थिए ।
आफ्ना बाबु बाजेले बोल्दै आएको खस भाषा पछिल्लो समय युवा पुस्ताले बिर्सदै गएको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको गायक वलीले बताउनु भयो । आफ्नो रितिरिवाज, धर्म संस्कृति बिर्सन हुन्, म कलाकारिता क्षेत्रमा लागेको नाताले यो खस भाषालाई पनि जगेर्ना गर्नु पर्छ भन्ने लागेको छ उहाँले भन्नु भयो । म यो आफ्नो मौलिक खस भाषालाई जगेर्ना गर्नु पर्छ भनेर लागि परे पछि धेरै साथीहरुले हौसला पनि दिनु भएको छ, मैले मात्र गरेर हुँदैन सबैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ भन्दै आग्रह समेत गरेको छु गायक वलीले भन्नु भयो ।
खास गरि यो खस भाषा साबिकका राप्ती, कर्णाली प्रदेश र सुदुरका केहि जिल्लामा बोल्ने गरिन्छ । रुकुम, रोल्पा, सल्यानमा अझै पनि यो खस भाषा निकै प्रयोग गर्ने गर्दछन । खस भाषाका संरक्षक तथा गायकका अनुशार सबै जिल्लामा यो भाषालाई निरन्तरता दिनु पर्छ अनि मात्र खस भाषाले न्याय पाउनेछ । एकातिर खस भाषालाई जगेर्ना गर्न निकै संघर्ष गरि रहेका छन् भने अर्को तर्फ लोक गित संगीतमा पनि गायक वलीको त्यतिक्कै देन छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्