स्वर्गीय यादवको पुण्यतिथिमा शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

दुखहरण यादव
दुखहरण यादव २० भाद्र २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस गढवा गाउँपालिकाले क्रियाशील सदस्य तथा पुर्व सल्लाहकार स्वर्गीय हरिराम यादवको १३ औं दिनको पुन्यतिथिको अवसरमा शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस दाङक सभापति शंकर डाँगीको प्रमुख आतिथ्यतामा भएको शोक सभा कार्यक्रममा नेपाली कांग्रेसका खम्बा तथा यादव समुदायको धरोहर स्वर्गीय हरिराम यादवको दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै उहाँले समाजमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

शोक मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले जीवन प्राप्तिसंगै मृत्यु हुनु स्वभाविक हो । तर घरको मुख्य खम्बानै भौतिक रुपमा उपस्थित नहुँदा धेरै असर पर्छ । उहाँले दिएको संस्कृति र संस्कारलाइ जोगाइ रहन पार्टि तथा परिवार लाग्नु पर्ने र त्यहिनै उहांको प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।

परशुनारायण चौधरीको पालामा देउखुरीमा राप्रपाको युग चल्दै गरेको समयमा उहाँले कांग्रेस निर्माणमा गरेको योगदानको विषयको जति वर्णन गरेपनि कम हुने बताउदै यादव समुदायमा राजनितिक चेतना ल्याउने पंच्यायत कालमा कांग्रेसको नारा लगाएर समाजलाइ कांग्रेसीकरण गराउने नै हरिराम यादव भएको बताउनु भयो ।

शोक सभा कार्यक्रममा नेपाली कांग्रेस दाङ – १ का सभापति भेषराज पाण्डे, नेपाली कांग्रेस प्रदेश १ ‘क’ का सभापति श्रीपत चौधरी, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, अनुराग यादव, गिरिजादेवी न्यौपाने, हिरालाल चौधरी, जिल्ला सचिव बालिका लम्साल, जिल्ला सदस्य टिपुर यादव, उमाकान्त पन्त, गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादव, क्षेत्रीय सह सचिव प्रकाश जिसी, सदस्य ओभा पाठक, बाल चन्द्र हमाल लगायतले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका गुलाम मोहम्मद, गोबिन्द कुमार वली, देव राज कुवर, ओम प्रकास बसेल, चिन्ताराम यादव, सुबास रजौरे, शरण कौशल, रेख बहादुर वली, गुमान सिंह गुरुङ, खगेश्वर शर्मा, गोत बहादुर चौधरी, तेज प्रसाद न्यौपाने, रेखा थापा, नारायण शाही, विक्रम गुरुङ, कृष्ण राज पाण्डे, पटवारी यादव, चन्द्र बहादुर नेपाली, पत्रकार शिवराज पन्थी, दुख हरण यादव लगायतको उपस्थिति रहेको थियो ।

शोक सभा कार्यक्रमको सहजीकरण सचिव पोषणराज शर्मा र पुरण चौधरीले गर्नु भएको थियो ।

दुखहरण यादव

प्रतिक्रिया दिनुहोस्