दाङ – लोक तथा दोहोरी गायक रमेश डाँगी र राधा विसी डाँगीको `रारा ताल मुगुमा´ बाेलकाे गीत सार्वजनिक भएको छ। यो गीत गायक डाँगीकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक डाँगी र मुगु जिल्लामै शिक्षण पेशामा कार्यरत युवराज वलीको प्रस्तुतिमा यो गीत तयार भएको हो ।
यस गीतमा बहुप्रतीभाका धनि गायक डाँगीकाे लय शब्द रहेको गीतमा रमेश डाँगी र राधा बिसी डाँगीको सुमधुर आवाज रहेको छ । देउडा भाका र स्थानीय भाषालाई मिश्रण गरि गीतका शब्दहरु बनाईएको छ । गीतकाे छायांकन मुगुकाे आसपास र रारा ताल क्षेत्रमा गरिएको हो ।
भिडियोकाे निर्देशन डबन कार्कीले गरेका छन भने अभिनयमा गायक रमेश डाँगी, सुमित्रा रावल, युवराज वली, बरदान आरएल ठकुरी र जुनमाया नेपालीलाई देख्न सकिन्छ।
गीतले बिशेष गरि कर्णालीकाे परम्परा र रहनसहनलाई समेत झल्काउन खाेजिएकाे छ जहाँ स्थानीय रुपमा बाेलिने भाषा देखि संस्कृति, पर्यटनकाे आन्नद समेत भिडियोबाट लिन सकिन्छ।
यस अघि पनि गायक डाँगी थुप्रै चर्चित गीतहरु बजारमा आइसकेका छन । गाजलु आँखैले, तलमाथि दायाँ र बायाँ, भीरको बाटोमा, भुईं छोयो बाँसैको टूप्पोले, सल्यानको कपुरकोट, फुल काँडा जस्ता गीतले कुनै समयमा लोक तथा दोहोरी क्षेत्रमा तहल्का मच्याएका गीत हुन ।
हालसम्म डाँगीले एक सय भन्दा बढी गीतमा आवाज दिई सक्नु भएको छ । अहिले गायक डाँगी हिमाेदय मावि छायाँनाथ रारा न.पा.- १४ बाम, मुगुमा शिक्षण पेशामा आबद्द हुनुहुन्छ र गीत संगीतलाई पनिसंगै अगाडी बढाउदै लागेको उहाँको कथन छ । यो गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्