दाङ – लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनु भएको छ । संस्थालाई नाफामा लैजानका लागि शेयर सदस्यहरुको अहम भुमिका रहेको हुँदा बचत तथा कर्जा समयमा नै बुझाउनु पर्ने नगर उपप्रमुख योगीको भनाई छ ।
लमही नगरपालिका-७ स्थित रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाकी लिमिटेडको १२ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सहकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार लक्ष्य निर्माण र प्राप्तीमा सहकारीले कुनै कसर बाँकी नराखेको भन्दै सहकारीका माध्यमबाट देशको आर्थिक समृद्धिमा समेत सहयोग हुने र महिलाहरुले मात्र संचालन गरेको यस सहकारीले छोटो समयमा नै प्रसंशनीय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा हेफर ईन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले कृषकको पक्षमा हेफर सदैब रहने बताउदै किसानले उत्पादन गरेका सामाग्री बजारीकरण गर्दै आर्थिक समृद्धि तर्फ उत्प्रेरणा जगाउनु पर्ने बताउनु भयो । आत्मनिर्भर भएपछि कसैको अगाडी हात थाप्नुनपर्ने र आफैमा आत्मनिरभर बन्न आफै मेहनत गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रमको अबसरमा उत्कृष्ट खसी बोका बिक्री गरेको भन्दै २ जना महिला कृषक सम्मानित भएका छन । शान्ती सहयोगी समूह लमही- ७ हसनापुरकी शारदा खनाल र दियालो सहयोगी समूह उचानिम्बुकी अमृता थरुनीलाई सम्मान गरिएको हो ।
त्यस्तै तरकारी खेति तर्फ उत्कृष्ट आम्दानी गर्न सफल भएकी लमही- ७ उचानिम्बुकी रोजी चौधरीलाई सम्मान गरिएको छ । सहकारीमा आबद्ध भई उत्पादन तथा बचत तर्फ उत्कृष्ट भएको भन्दै ४ महिला समुहहरुलाई सम्मान गरिएको छ । जसमध्य प्रकृति सहयोगी समूह उचानिम्बु पहिलो, पुष्पाञ्जली सहयोगी समूह लमही- ७ फचकपुर दोस्रो, सरस्वती सहयोगी समूह लमही- ७ हसनापुर तेस्रो र दिपज्योती सहयोगी समूह लमही- ८ सतबरिया सान्त्वना स्थान हाँसिल गरेका समुहहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा लमही- ७ कप्तानगञ्ज स्थित त्रिशक्ति प्राविमा अध्ययनरत नयाँबस्तीका कृष्णा चौधरीलाई छात्रावृत्ति वितरण गरिएको थियो ।संस्थाकी कोषाध्यक्ष सुनिता बुढाथोकीको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी लेखा सँयोजक लक्ष्मी चौधरीले गर्नु भएको थियो ।
सांसद मेटमणी चौधरीका स्वकिय सचिव सुदन खनाल, समाजसेबी बुद्धिजीवी बिरबहादुर केसी, सानाकिसान सहकारी संस्थाका अध्यक्ष तेजमणी ज्ञावली, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देबिमाया थापा, लमही नगरपालिकाका सहकारी प्रमुख लक्ष्मी सुवेदी, लमही- ८ का वडाध्यक्ष उमेश कुमार खड्का, लमही-७ की वडासदस्य उर्मिला चौधरी लगायतले किसानले उत्पादन गरेका सामाग्रीले बजारीकरण नपाउँदा समस्या थपिएको बताउनु भयो ।
कार्यक्रममा बोल्ने महिला किसानहरुले बजारीकरणका लागि सरकारले ध्यान नदिँदा आफुहरु मर्कामा परिरहेको बताए । जसका कारण आत्मनिर्भर बन्न नसकिरहेको गुणासो समेत किसानले पोखे । उत्पादन भएका सामाग्री सरकारले बेलैमा बजारीकरण गरिदिनुपर्ने किसानहरुको माग छ । हालपनि सहकारीसँग २ सय ५० जति खसी बोका स्टक रहेको सहकारीकी अध्यक्ष पुनम घर्ती गिरीले बताईन । बजारीकरणको समस्याले वर्षेनी बिक्रि गरिनुपर्ने खसीबोका बिक्रि हुन नपाउँदा किसान मर्कामा परिरहेको गुणासो गरिन । उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताईन ।
कार्क्रममा वार्षिक प्रगती प्रतिवेदन संस्थाकी सचिब निर्मला शर्माले प्रस्तुत गर्नु भएको थियो भने लेखा प्रतिबेदन संस्थाकी लेखा ब्यबस्थापक कृष्णि चौधरीले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै संस्थाका बजार प्रबन्धक हरिनारायण चौधरीले आर्थिक बर्ष २०८१/०८२ को ८ करोड, ३९ लाख, ७७ हजार २ सय रुपैयाको अनुमानित आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्