इजरायलले सार्वजनिक गर्‍यो पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ बन्धकहरूको सूची

दाङ समाचार
दाङ समाचार ६ माघ २०८१, आईतवार
1 Min Read
Aa

दाङ – इजरायलले पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जना बन्धकहरूको सूची सार्वजनिक गरेको छ । बीबीसीका अनुसार हमाससँगको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा पहिलो चरणमा रिहा गरिनु पर्ने ३३ जनाको नाम समावेश रहेको सूची इजरायलले सार्वजनिक गरेको हो ।

सूचीमा ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएका सबैभन्दा कान्छो र पाका नागरिक पनि समावेश छन् । कान्छा बन्धकमा ९ महिनाको उमेरमा बन्दी बनाइएका कफिर बिबास छन् । उनले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन् । त्यस्तै पाका बन्धकमा ८६ वर्षीय शलोमो मन्जुर छन् । उनलाई पनि पहिलो चरणमा रिहा गरिने अपेक्षा गरिएको छ।

इजरायलले आफ्नो आधिकारीक एक्स एकाउन्टमा ३३ बन्धकहरूको नामसहितको तस्वीर सार्वजनिक गरेको हो । यसबीच, हमासले युद्धविराम सम्झौताअन्तर्गत आजै तीनजना इजरायली बन्धक रिहा गर्दैछ । #Onlinekhabar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्