हरि विष्टको “तिम्रो फोटो” बोलको गीत सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – चर्चित गीतकार हरि विष्टको “तिम्रो फोटो” बोलको गीत सार्वजनिक भएको छ । यो गीत गीतकार विष्टले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गर्नु भएको हो । यस गीतमा विष्ट संगै चर्चित गायिका ज्योति मगरको आवाज रहेको छ ।

आफ्नै शब्द संगीतमा तयार गरेको यो गीतमा छमछमीका विजेता शेखर घर्ती मगर र मनिता राईको अभिनय रहेको छ । यो गीतको संगीत संयोजन कमल सौरागले गर्नु भएको छ । कुलमान नेपालीले कोरियोग्राफी गर्नु भएको छ भने आलाप रेर्कडिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । मिक्सिङ्गको काम कुमार रानाले गर्नु भएको छ ।

गीतकार विष्टले यो गीतमा आफैले आवाज दिनु भएको छ । विष्टले लेखेका थुप्रै गीतहरु चर्चित छन । विशेष गरेर विष्टले लेख्नु भएका तीज गीत माइती देश सम्झेर, आउँछ तीज, नदी तिरैमा, पानी सलल, माइतीको देश’ सर्वाधिक चर्चित गीत हुन । प्राय विष्टद्वारा रचित गीतहरु फास्ट विटका रहेका हुन्छन । यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नु होला ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्