देउखुरीमा डिजिटल क्षमता विकास तालिम सम्पन्न

दिवाकर पोख्रेल
दिवाकर पोख्रेल १० फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र देउखुरी बहुमुखी क्याम्पसको आयोजनामा तीन दिने डिजिटल क्षमता विकास तालिम सम्पन्न भएको छ।

तालिममा क्याम्पसका पूर्णकालीन प्राध्यापक, आंशिक प्राध्यापक र कर्मचारीसहित ३५ जनाको सहभागिता रहेको थियो। प्रशिक्षक जय प्रकाश पौडेल, गोमा कुँवर, सुधिर कुमार अधिकारी, दीपेन्द्र खड्कालगायतले एआईको प्रयोग, भिडियो मिक्सिङ, पावरपोइन्ट निर्माण तथा प्रस्तुतिकरण लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख शिव ओलीले प्रविधिको उच्च प्रयोग गर्दै शैक्षिक क्षेत्रमा योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न शिक्षक तथा कर्मचारीलाई आग्रह गर्दै डिजिटल प्रविधिबाट आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। ओलीका अनुसार क्याम्पसले आगामी दिनमा पनि यस्ता तालिमहरू चरणबद्ध रूपमा सञ्चालन गर्दै जाने योजना बनाएको छ।

तालिमको आयोजना हाल प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा डिजिटल साक्षरताका लागि महत्वपूर्ण रहेको आयोजकको भनाइ छ। सहभागीहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।

तालिमको समापन कार्यक्रम क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा स्याट संयोजक हुर्मत कुमार पोखरेलको अध्यक्षतामा तथा क्याम्पस सञ्चालक समितिका संस्थापक कोषाध्यक्ष शेषमणि गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

दिवाकर पोख्रेल

प्रतिक्रिया दिनुहोस्