पक्राउ परेका राप्रपा नेताको रिहाइ माग्दै लमहीमा जुलुस

दाङ समाचार
दाङ समाचार १५ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

दाङ– राष्ट्रिय प्रजातन्त्र पार्टि निकट प्रजातान्त्रिक युवा संगठन लमही नगरको अगुवाइमा दाङको लमहीमा राँके जुलुस निकालिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत कान्छिरोड नजिकबाट सुरु भएको जुलुसले कोइलाबास रोडको चोकमा सभा गरेको थियो । सभामा बोल्ने वक्ताहरुले आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन ।

संबैधानिक हिन्दु राष्ट्र कायम हुनु पर्ने, शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ नेताहरुको रिहाईको माग गरिएको छ । यस्तै आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनमा शोक सभा समेत गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङका अध्यक्ष टार्जन भण्डारीको नेतृत्वमा जुलुस निकालिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्