दाङ – पूर्वप्रधानमन्त्री माधव नेपाल मुछिएको पतञ्जली योगपिठ हदबन्दी जग्गा हिनामिना प्रकरणको थुछेक बहस सकिएको छ । बुधबार विशेष अदालतमा थुनछेक बहस सकिएको हो ।बहस सकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल क्यान्टिन बसेर अदालतकाे आदेश पर्खिरहेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको तर्फबाट शम्भु थापा, गोविन्द बन्दी, रमन श्रेष्ठ, कृष्णप्रसाद भण्डारीले बहस गरेका थिए । पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेपछि नेता नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्