जनार्दन शर्माले अराजक व्यवहार देखाएको प्रचण्डको आरोप

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

दाङ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता जनार्दन शर्मामाथि अराजक शैली देखाएको आरोप लगाएका छन ।

शनिबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले बैठक सामान्य रूपमा चलिरहेको बेला शर्मा आफ्ना कुरा राखेपछि बैठकबीचमै निस्किएको बताए । उनले शर्माको यो व्यवहार पार्टी अनुशासन विपरीत र अराजक प्रवृत्तिको रहेको टिप्पणी गरे ।

बैठक छोडेर निस्किएका शर्माले माओवादी केन्द्रले माओवादको बाटो त्याग्दै गएको र नेकपा (एकीकृत समाजवादी) सँग एकता हुन नहुने भन्दै आपत्ति जनाएका थिए ।

प्रचण्डले भने, “केही जाँदैन, हाम्रो पार्टी एकजुट छ । सिसी मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनैपर्छ भन्ने विश्वास छ । उहाँले आज विषय राख्नुभयो, हामीले सबैका कुरा सुन्ने भनेका थियौं । तर उहाँ उठेर हिँड्नुभयो, त्यो शैली राम्रो होइन। कसैलाई मन पर्ने शैली होइन – त्यो अराजकता हो ।”

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्