एनपीएलको तयारी पूरा, विजेताले १ करोड १० लाख रुपैयाँ पाउने

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

दाङ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । मंसिर १ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका सचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरुप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ ।

यसअघि एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो । एनपीएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्