लमहीको गुरुकुल एकेडेमी कक्षा ८ परीक्षामा शतप्रतिशत नतिजासहित नगर प्रथम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लमहीस्थित गुरुकुल एकेडेमीले आधारभूत तह कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै लमही नगरपालिकाभित्र प्रथम स्थान प्राप्त गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटाका अनुसार गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको हो ।

लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयका रूपमा स्थापित भएको छ । विद्यालय सञ्चालनको दोस्रो वर्षमै यस्तो उपलब्धि हासिल गर्नु गुरुकुलका लागि महत्वपूर्ण सफलता भएको विद्यालयले जनाएको छ ।

यस वर्ष कक्षा ८ को परीक्षामा विद्यालयबाट १२ जना विद्यार्थी सहभागी भएका थिए, जसमा सबै विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालय प्रशासनका अनुसार अनुभवी शिक्षक टोली, नियमित मूल्याङ्कन प्रणाली, विद्यार्थी–केन्द्रित शिक्षण विधि तथा अभिभावकसँगको समन्वयका कारण यस्तो सफलता सम्भव भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलजंग सिंह ठकुरीका अनुसार आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित विद्यालयले नवीन शिक्षण प्रविधि र कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। उहाँले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त प्रयासले नै यस्तो उपलब्धि सम्भव भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्