दाङ – साहित्यिक अभियानमा स्याङ्जाली नारीद्वारा आयोजित “नियमित भेटघाट तथा सिर्जना वाचन” कार्यक्रम आइतबार वालिङ–८ स्थित चियाघरको प्राङ्गणमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष लक्ष्मी रेग्मी खनालको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर, भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाका अध्यक्ष यमकान्त खनाल, सचिव श्यामप्रसाद ढुङ्गाना लगायत विभिन्न साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा दमकला बगाले, लेखनाथ काफ्ले, कमलप्रसाद बगाले, वसन्त खनाल, ढालबहादुर केसी, सिर्जना खनाल, सरस्वती काफ्ले, मञ्जु पराजुली, आशिष मिजार लगायतको सहभागिता रहेको थियो ।
साहित्यप्रेमी सूर्यप्रसाद खनालले नारी स्रष्टाहरूको यस्तो अभियान प्रशंसनीय रहेको बताउँदै यसको निरन्तरतामा जोड दिएका थिए । कार्यक्रममा गीता ढकाल, रमेश अधिकारी, विश्व पराजुली, देव बुढाथोकी, सूर्यांश काफ्ले र सुलभ खनाल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्