लमही नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ जेष्ठ २०८३, मंगलवार
4 Min Read
Aa

दाङ – लमही नगरपालिका आजदेखि औपचारिक रूपमा “पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका” घोषणा भएको छ । पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पु¥याउने, खोप छुटेका बालबालिकाको पहिचान गरी पूर्णखोप सुनिश्चित गर्ने तथा खोप कार्यक्रमलाई दिगो बनाउने उद्देश्यका साथ आयोजित एक विशेष कार्यक्रमका बीच लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै समुदायस्तरमा नियमित खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरेपछि आवश्यक सूचकहरू पूरा भएको आधारमा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चितता घोषणा केवल औपचारिकता मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षासँग जोडिएको महत्वपूर्ण अभियान भएको बताउनुभयो । उहाँले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन र विभिन्न रोगहरूबाट बालबालिकालाई सुरक्षित राख्न ठूलो भूमिका खेलेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्यकर्मी र अभिभावकबीचको सहकार्यकै कारण यो उपलब्धि सम्भव भएको धारणा राख्नुभयो ।

उहाँले खोप अभियानलाई निरन्तर प्रभावकारी बनाउन समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउँदै प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई समयमै खोप लगाउने जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्णखोप सुनिश्चितता घोषणा गर्नु उपलब्धि हो तर यसलाई दीगो बनाइराख्नु अझ ठूलो चुनौती हो,” उहाँले भन्नुभयो, “यसका लागि सबै पक्षको निरन्तर सक्रियता आवश्यक छ ।”

त्यसैगरी लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लमही नगरपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले नगरपालिकाले दुर्गम बस्तीका बालबालिकासम्म खोप सेवा पु¥याउन विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

नगर प्रमुख चौधरीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा नगरपालिकाको सामूहिक उपलब्धि भएको उल्लेख गर्दै यसमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय, जनप्रतिनिधि तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“खोप प्रत्येक बालबालिकाको अधिकार हो,” उहाँले भन्नुभयो, “नगरपालिकाले कुनै पनि बालबालिका छुट्न नदिने गरी नियमित अनुगमन र अभिलेखीकरण प्रणालीलाई अझ प्रभावकारी बनाउनेछ ।” उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई समाधान गर्न स्थानीय तहले आवश्यक बजेट व्यवस्थापन गर्दै गुणस्तरीय सेवा विस्तारमा जोड दिइरहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी योगीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र आमाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षामा आमाको सचेतना नै मुख्य आधार भएको उल्लेख गर्दै समयमै खोप लगाउने बानीले भविष्यमा धेरै रोगबाट जोगाउन सकिने धारणा राख्नुभयो ।

उपप्रमुख योगीले खोप अभियानलाई घरघरमा पु¥याउन महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो । उहाँले नगरपालिकाले बालबालिका र आमाहरूको स्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानअन्तर्गत पालिकाले पूरा गरेका सूचक, खोप कार्यक्रमको अवस्था तथा आगामी योजनाबारे जानकारी गराउनु भयो । नियमित खोप सेवाबाट बालबालिकालाई पोलियो, दादुरा, क्षयरोग, हेपाटाइटिस लगायतका विभिन्न रोगबाट सुरक्षित राख्न सकिने उहाँको भनाई छ । लमही नगरपालिकाको १ देखि ९ नम्बर वडालाई पूर्णखोप सुनिश्चितता वडा प्रमाणपत्र प्रदान गरिएको छ ।

लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसँगै अब खोप कार्यक्रमलाई अझ प्रभावकारी, नियमित र दिगो बनाउने दायित्व थपिएको छ । लमही नगरपालिकाले चालु आर्थिक वर्षमा ४ हजार ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । तीमध्ये ३ हजार ६ सय ६० जना बालबालिकाको घरभेटमार्फत खोप लगाए / नलगाएको अवस्थाबारे सुनिश्चितता गरिएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक मिना भुसाल शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।

May be an image of one or more people, flute and dais

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of studying and text that says "समन्वण समितिका बेठक दसी पालिकाका वटे पलिकालाई पूर्णखीप सुनिभ्तता तथा चपणण गर्नका किं्सवाीश्प्की्ासाा लागि आवशयक प्रकिया पूरा गरिदिन अनुराध गने निणेय गरियो नगरमलिकाका कोलही नगर स्वास्थ्य केन्द्रमा अतिरिक्त सगाउन पुरका बब्ाहरुलाई छुट खाप लगाउन Activate PO"

May be an image of one or more people and people studying

May be an image of one or more people

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्