शिवु खनाल
दाङ – देउखुरीमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ४ छुट्की घुम्ना निवासी ४२ वर्षीय इन्द्रा कुमारी चौधरीको गएराती विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।
खेतीपाती सकेर थारु समुदायले बनाउने पर्व आइतवार साझ स्थानिय डण्डीराम चौधरीको घरमा हर्दवा खाएर राती घर फर्किने क्रममा आफुले लगाएको चप्पल झाडीमा खसेपछि उक्त चप्पल टिप्ने क्रममा विषालु सर्पले टोकेर गम्भिर घाइते हुनुभएको चौधरीलाई उपचारको लागि गढवा सर्पदंश उपचार केन्द्रमा लागिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारको लागि गढवाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो, चौधरीको उपाचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीको हातमा विषालु काेब्रा सर्पले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्