सत्तामा टिक्नका लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए – कांग्रेस सभापति थापा

दाङ समाचार
दाङ समाचार ३२ असार २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसले तीन दल मिलेर प्रदेशमा सरकार बनाउँदा संसद प्रतिपक्षविहीन हुने हुँदा उक्त प्रस्तावलाई स्विकार्न नसकिने स्पष्ट पारेको छ । कांग्रेस सभापति गगन थापाले प्रदेशमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको तर त्यसलाई स्विकार्न नसकिने बताए ।

सरकार गठन हुन नसकेको अवस्थामा दुई दल मिल्नु वाध्यता हुने उनले बताए । ‘प्रदेश सरकारमा प्रतिपक्ष नै नहुने गरी तीनवटै ठूला दल मिलेर सरकार बनाउनु अलोकतान्त्रिक हुन्छ,’ सभापति थापाले भने, ‘यस्तो अवस्थामा बरु एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ, हामी सरकार बाहिरै बस्छौं । सत्तामा टिक्नका लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्