व्यवसायी तथा अभियन्ता प्रसाईं प्रहरी नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

दाङ – व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रसाईंलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीले जनाएका छन् ।

यसअघि आइतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमार्फत प्रसाईंले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए ।

उक्त घोषणापछि केही घण्टामै प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको हो । प्रसाईंलाई भक्तपुर परिसरमा राखिएको ती अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्