करार कर्मचारीद्वारा भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी

दाङ समाचार
दाङ समाचार १९ श्रावण २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – करार कर्मचारीहरूले सामाजिक सुरक्षा र सेवाको सुनिश्चितताको माग गर्दै बैतडीको पाटनस्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत शिक्षालयको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरिएको हो ।

शिक्षालयका सूचना अधिकारी महेशराज भट्टका अनुसार मंगलबार दिउँसो करिब २ बजे प्रशासन र लेखा फाँटमा तालाबन्दी गरिएको थियो। उनका अनुसार नियमित कक्षाहरू भने सञ्चालन भइरहेका छन् ।

आन्दोलनरत कर्मचारीको संघर्ष समितिका संयोजकसमेत रहेका भट्टका अनुसार करार कर्मचारीहरूको सामाजिक सुरक्षा, सेवा निरन्तरता तथा अन्य सेवा सुविधा सुनिश्चित गर्न माग गर्दै देशभर आन्दोलनका कार्यक्रम अघि बढाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्