दाङ – भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि लमही जेसीजले राहत संकलनमा जुट्न सबै दाताहरुलाई अपिल गरेको छ ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको र धेरै परिवार प्रभावित बनेको भन्दै लमही जेसीजले मानवीय सहयोगका लागि सबैलाई अभियानमा जोडिन आह्वान गरेको अध्यक्ष जय प्रकाश पौडेलले जानकारी दिनु भयो ।
लमही जेसीजले एक अपिल जारी गर्दै विपद्को यस कठिन समयमा पीडित परिवारलाई सानो सहयोगले पनि ठूलो राहत पुग्ने जनाएको छ। संस्थाले सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई राहत संकलन अभियानमा सहभागी हुन आग्रह गरेको हो ।
‘मानवताकाे सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने भावनाका साथ सुरु गरिएको अभियानमा हातेमालो गर्दै विपद्मा परेका परिवारको पीडामा मलम लगाउन लमही जेसीज परिवारले सबैमा अपिल गरेको छ ।
लमही जेसीजले विपद्को समयमा मानवीय सहयोग र सहकार्य नै प्रभावित परिवारका लागि महत्वपूर्ण हुने भन्दै सक्दो सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्