रोजी बड्स बालबाटिका माविद्वारा भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार बढी सहयोग

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – लमहीस्थित रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयले भोटेकोशी बाढीपीडित नागरिकको राहत तथा सहयोगका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा उक्त सहयोग रकम संकलन गरिएको हो । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक बसन्त न्यौपानेले शिक्षक, कर्मचारी र विद्यार्थीहरूको स्वेच्छिक सहयोगबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको जानकारी दिनुभयो । विपत्तिको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने भावना अनुरूप विद्यालय परिवारले पनि सहयोग अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेका बेला रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना उजागर गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्