अपांगता भएका व्यक्तिलाई स्वरोजगारसँग जोड्न लमहीमा सीपमूलक तालिम सुरु

दाङ समाचार
दाङ समाचार १९ भाद्र २०८३, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाल नेत्रज्योति संघ दाङ शाखाअन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको सामुदायिक पुनस्र्थापन तथा स्वरोजगार केन्द्रले अपांगता भएका व्यक्तिलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सुरु गरेको छ ।

लमही नगरपालिका–५ स्थित नेपाल नेत्रहीन संघ भवन रातोडाँडामा शुक्रबार केन्द्रको उद्घाटनसँगै सरसफाइ तथा घरेलु उपभोग्य सामग्री उत्पादनसम्बन्धी तालिम सुरु गरिएको हो । तालिममा सर्फ, हार्पिक, फिनाइल, लुगा धुने साबुन र नुहाउने साबुन उत्पादन गर्ने सीप प्रदान गरिनेछ ।

नेपाल नेत्रज्योति संघ, दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक पुनस्र्थापन कार्यक्रम संयोजक घनश्याम सुवेदी, प्रशिक्षक केशर सापकोटा, लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, वरिष्ठ प्रशासक डाक्टर समेशर थापा, पत्रकार दशरथ घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नर्वेको एनएबिपीका निर्देशक क्रिष्टिन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

सामुदायिक पुनस्र्थापन तथा स्वरोजगार केन्द्र लमही नगरपालिका–५ मा स्थापना गरिएको हो । केन्द्रमार्फत अपांगता भएका व्यक्तिलाई सीप विकास, आयआर्जन र स्वरोजगारसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

अपांगता भएका व्यक्तिलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन तालिमसँगै उत्पादनको बजार, लगानी, सहुलियतपूर्ण ऋण, कच्चा पदार्थको उपलब्धता र बजारीकरणमा समेत सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कार्यक्रमको संचालन लमही आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्