आज विश्वकर्मा पूजा : औजार, मेसिन तथा सवारीसाधनको पूजा गरिँदै

दाङ समाचार
दाङ समाचार १ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

दाङ – आज असोज कृष्ण सप्तमी अर्थात् आश्विन सङ्क्रान्ति । आजको दिन सवारी साधन, औजार, धातुजन्य उपकरण तथा यान्त्रिक वस्तुको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजामा यन्त्र, औजार लगायतका सामग्रीको पूजा गरेमा धेरै समय टिक्ने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाएर लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानेर त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्