फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने निर्वाचन आयोगको तयारी

दाङ समाचार
दाङ समाचार ३ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

दाङ – निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए ।

उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ । ‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ । आयोगले आफ्नो काम सबै गरिरहेको छ । सरकारलाई भन्नमात्रै बाँकी छ,’ उनले भने, ‘अहिले मतदाता नामावली अध्यावधिकको काम भइरहेको छ । वर्षमा दुई पटक अध्यावधिक हुन्छ ।’

उनले फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुन: अध्यावधिक गरी मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ ।

के छ कानुनी व्यवस्था ?

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ अनुसार गाउँ सभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा २ महिनाअघि गर्नुपर्ने उल्लेख छ । जसमा भनिएको छ, ‘सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ ।’

यसअघि २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । ऐनअनुसार फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गराउनुपर्ने हुन्छ । संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुनेछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्