दाङ – लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले डिजिटल सीपको विकासले रोजगारीका अवसरहरू सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । दुई महिने निशुल्क कम्प्युटर तालिमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले कम्प्युटर तालिमले सहभागीहरूलाई प्रविधिमैत्री बनाउनुका साथै भविष्यमा रोजगारी तथा स्वरोजगारका लागि बाटो खुलाउने विश्वास लिएको बताउनु भयो ।
प्रविधिको युगमा कम्प्युटरको ज्ञान अब विकल्प होइन, आवश्यकता बनिसकेको छ । सरकारी कार्यालयदेखि निजी क्षेत्र, विद्यालयदेखि उद्योग व्यवसायसम्म कम्प्युटरको उपयोग अनिवार्य जस्तै छ त्यसैले अब हरेक मानिसको घरमा हरेक युवा प्रविधि र सूचना संग जोडिएको हुने पर्छ’- पौडेलले भन्नु भयो ।
लमही नगरपालिका -१ को आयोजना तथा आइ सिटि कम्प्युटर ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा आज वैशाख २१ गते देखि सुरु भएको तालिम दुई महिना सम्म संचालन हुने छ । तालिमको प्रशिक्षकमा जय प्रकाश पौडेल रहनु भएको छ ।
दुई महिना सम्म संचालन हुने कम्प्युटर तालिममा वडा नम्बर १ का कक्षा दशको परिक्षा दिएर बसेका तथा कक्षा १२ मा अध्ययन गर्ने छात्र / छात्राहरुको सहभागिता रहेको छ । कार्यक्रमको संचालन वडा सचिव बिन्तीराम चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्