दाङ – लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले आफ्नो चर्चित पल्सर एन सिरिज अन्तर्गतको नयाँ मोडल Pulsar N125 नेपाली बजारमा सार्वजनिक गरेको छ । वैशाख २४ गते लमही स्थित मेनका इन्टरप्राइजेज लमहीले पनि एक कार्यक्रमको आयोजना गरेर यो मोडेलको मोटरसाइकल सार्वजनिक गरेको हो । स्पोर्टी लुक, दमदार परफर्मेन्स र अफोर्डेबल मूल्यको संयोजनले गर्दा यो मोटरसाइकल युवाहरूबीच निकै लोकप्रिय हुने विश्वास गरिएको छ ।
डिजाइन र विशेषता
Pulsar N125 ले पल्सर एन सिरिजको आक्रामक र स्टाइलिश डिजाइनलाई निरन्तरता दिएको छ । अगाडिको LED DRL, मस्कुलर ट्यांक, स्लिक हेडलाइट र स्पोर्टी ग्राफिक्स यसलाई आकर्षक बनाउँछ । 125cc को इन्जिनले दमदार माइलेज र सन्तुलित परफर्मेन्स दिन्छ, जसले दैनिक यात्रादेखि रमाइलो राइडसम्म सबै कुरामा भरपर्दो अनुभव प्रदान गर्ने मेनका इन्टरप्राइजेज लमहीका सेल्स म्यानेनजर सुशीलराज पन्थीले जानकारी दिनु भयो ।
सुरक्षा र प्रविधि
यो मोडलमा फ्रन्ट डिस्क ब्रेक, CBS (Combi Braking System), डिजिटल–एनालग मिटर र आरामदायी सीटिङ पोजिसन जस्ता आधुनिक प्रविधिहरू समावेश छन्। युवा र विद्यार्थीहरूलाई लक्षित गर्दै बजाजले यसमा स्टाइल र सुरक्षाको सन्तुलन कायम राखेको छ ।
बजारको प्रतिक्रिया
मोटरसाइकल सार्वजनिक भएसँगै सो बाइकको डिमाण्ड बढ्न थालेको शोरूमहरूबाट जानकारी आएको छ । सस्तो मूल्यमा स्टाइल, परफर्मेन्स र ब्राण्ड भरोसा पाउने भएकाले धेरैले यसलाई आफ्नो पहिलो बाइकको रूपमा रोज्ने विश्वास गरिएको छ । साथै बजाज कम्पनीको कुनै पनि मोटरसाइकल खरिद गर्दा १ लाख रुपैयाँ सम्मको नगद छुट । शुन्य % सर्भिस चार्ज । एक घन्टा भित्रमा मोटरसाइकलको लोन हुने । फाइनान्स गर्दा ९.९९% बाजज्दर साथै ३०% डाउन पेमेन्टमा पनि बजाज मोटरसाइकल खरिद गर्न सकिनेछ ।
व्यवसायीहरूको हक–हितको संरक्षण तथा प्रवर्द्धन संघको प्रमुख जिम्मेवारी – अध्यक्ष ठकुरी
देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले व्यवसायीहरूको हक–हितको संरक्षण तथा प्रवर्द्धन संघको प्रमुख जिम्मेवारी भएको बताउनु भयो । अध्यक्ष ठकुरीले स्थानीय व्यवसायको विकास, व्यवसायमैत्री वातावरणको निर्माण र व्यवसायीको सम्मान सुनिश्चित गर्न संघ निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “व्यवसायीहरू मुलुकको आर्थिक मेरुदण्ड हुन । तिनीहरूको संरक्षण, समस्या समाधान र प्रोत्साहन हाम्रो पहिलो कर्तव्य हो । व्यवसायीहरूलाई कर प्रणाली, कानूनी प्रक्रिया, तथा सुरक्षा सम्बन्धी आवश्यक सहजीकरणको काम संघले गर्दै आएको छ र आगामी दिनमा अझ प्रभावकारी बनाउने छौँ।”
अध्यक्ष ठकुरीले व्यवसायीहरूका हितमा संघले स्थानीय सरकारसँग समन्वय गर्दै नीतिगत सुधार, इजाजत प्रक्रिया सरल पार्ने र बजारको प्रवर्द्धनमा जोड दिने बताउनुभयो । साथै, उहाँले युवा उद्यमशीलता र स्वरोजगारको प्रवर्द्धनमा संघले विशेष पहल गर्ने बताउनुभयो ।
“स्थानीय स्तरमै उद्योग, व्यवसाय र सेवामूलक क्षेत्रमा लगानी गर्न युवाहरूलाई उत्प्रेरित गर्नु, तिनीहरूलाई मार्गदर्शन र आवश्यक सहयोग उपलब्ध गराउनु संघको दीर्घकालीन लक्ष्य हो,” अध्यक्ष ठकुरीले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्