नगर प्रमुख चौधरीद्वारा नगरबासीमा शुभकामना, ‘लमही नगर निर्माण, महाअभियान’ मा सहकार्यको आह्वान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ बैशाख २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नगरबासीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख चौधरीले शुभकामना व्यक्त गर्दै नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति तथा उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्नुभएको हो ।

उहाँले नयाँ वर्ष २०८३ ले विगतका चुनौतीहरूलाई पछाडि पार्दै नयाँ उत्साह, ऊर्जा र आशाका साथ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । साथै नगरको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रमुख चौधरीले नगरबासीहरूलाई आपसी सद्भाव, सहकार्य र एकताको भावनाका साथ अघि बढ्न आग्रह गर्दै सामूहिक प्रयासबाट मात्रै समृद्ध नगर निर्माण सम्भव हुने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा नगरपालिकाले अघि सारेका कार्यक्रमहरूलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

नयाँ वर्षले नगर क्षेत्रमा आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै उहाँले युवाहरूलाई उत्पादनमुखी काममा लाग्न र स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्न समेत प्रेरित गर्नुभएको छ । उहाँले नयाँ वर्ष २०८३ सबैका लागि सफल, सुखद् र उपलब्धिमूलक बनोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्