लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र

दाङ समाचार
दाङ समाचार ७ बैशाख २०८३, सोमबार
1 Min Read
Aa

दाङ – वैशाखको तेस्रो साता आयोजना हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका ५ स्थित अजम्मरी सामुदायिक वनको आयोजना तथा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको सहकार्यमा आगामी वैशाख १८ र १९ गते नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सञ्चालन हुने भएको हो ।

उत्सवलाई सहभागितामूलक बनाउन विभिन्न विद्यालयसँग सहकार्य गरी विद्यार्थीहरूबाट लाटोकोसेरो तथा हुचिल संरक्षणसम्बन्धी चित्रकला, कविता र निबन्ध संकलन, निमन्त्रणा वितरणलगायतका कार्य भइरहेको आयोजकले जनाएको छ । उक्त उत्सव जैविक विविधता ग्रिन पार्कमा आयोजना हुने जनाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्