लमहीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ बैशाख २०८३, सोमबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ५ को आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानका साथै समाजमा आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले महिला तथा पुरुष दुवैलाई समान अवसर प्रदान गर्ने उल्लेख गर्दै महिलाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले खेल क्षेत्रको विकासमा थप ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले खेलकुदलाई अनुशासन, नेतृत्व विकास र स्वास्थ्यसँग जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने बताउनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले वडास्तरबाट आयोजना गरिएका खेलकुद कार्यक्रमले स्थानीय खेलाडीलाई अवसर मिलेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले खेलकुदमार्फत युवाहरूलाई कुलतबाट टाढा राख्न सकिने बताउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पुरुषतर्फको प्रतियोगिता देउखुरी व्यापी र महिलातर्फको प्रतियोगिता नगरस्तरीय रहेको जानकारी दिनुभयो । उहाँले खेलकुद गतिविधिलाई निरन्तरता दिँदै युवाहरूलाई सकारात्मक क्षेत्रमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा ६ वटा महिला टिम र ११ वटा पुरुष टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलको प्राविधिकतर्फ भरत कंवर, गुरु प्रसाद चौधरी, रवीन्द्र जिसी, सुरेश शाह र रमेश कंवर रहनुभएको छ ।

कार्यक्रममा वडा सदस्य चन्द्रा चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने लमही नगरपालिकाकी प्रेस एडभाइजर प्रिया स्मृती गजमेरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

May be an image of one or more people, flute, dais and text

May be an image of American football, football and text

May be an image of volleyball

May be an image of football, volleyball and American football

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्