दाङ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ । नयाँ मूल्यसूची आइतबार रातिदेखि देशभर लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्