कांग्रेस दाङद्वारा बाढीपहिरो पीडितलाई एक लाख एक‌ हजार सहयोग

दाङ समाचार
दाङ समाचार १६ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङले बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि एक लाख एक हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको छ । रसुवाको भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा गएको साता आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

यसैबाट प्रभावित नागरिकको राहत र उद्धारमा सघाउ पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सञ्चालन गरेको ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’मा दाङ जिल्लाबाट यो रकम मंगलबार जम्मा गरिएको हो । नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले पार्टीको केन्द्रीय कार्यसमितिले बाढीपीडितका लागि एक करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरी सहयोग पुर्‍याउने निर्णय गरेसँगै दाङ जिल्लाले पनि आफ्नो तर्फबाट एक लाख एक हजार रुपैयाँ केन्द्रीय कोषमा जम्मा गरेको जानकारी दिए ।

सुवेदीले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई समेत बाढीपहिरो पीडित नागरिकको सहयोगमा सञ्चालित यस राहत अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन । बाढीबाट समस्यामा परेका नागरिकलाई सहयोग पुग्ने गरि सहयोग गरिदिन समेत कोषाध्यक्ष सुवेदीले पार्टीका नेता, कार्यकर्ता तथा नागरिकलाई अपिल गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्