युवाको संयुक्त लगानीमा सञ्चालनमा आयो रातोघर कटेज

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

दाङ – लमहीमा पाँच जना युवाले संयुक्त लगानीमा व्यवसाय सुरु गरेका छन् । विभिन्न क्षेत्रमा आबद्ध युवाहरूले लमही नगरपालिका ३ टिकुलीगढमा रातोघर कटेज सञ्चालनमा ल्याएका हुन् ।

आकर्षक रूपमा सजाइएको रातोघर कटेजको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर श्रेष्ठ र लमही होटल व्यवसायी समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

रातोघर कटेजमा प्रकाश रेग्मी, सरोज बस्नेत, विदुर शर्मा, आकाश केसी र गोपाल पौडेलको संयुक्त लगानी रहेको छ । विभिन्न क्षेत्रमा आबद्ध युवाहरूले आपसी सहकार्य र साझेदारीमार्फत व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय क्षेत्रमा व्यवसाय विस्तार गर्ने र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कटेज सञ्चालनमा ल्याइएको सञ्चालकहरूको पहलले युवाहरूमा सामूहिक लगानीप्रतिको आकर्षण बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय लमही क्षेत्रमा होटल तथा आतिथ्य सेवासँग सम्बन्धित व्यवसाय विस्तार भइरहेका बेला युवाहरूको संयुक्त लगानीमा सुरु भएको रातोघर कटेजले स्थानीय व्यावसायिक गतिविधिमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ । यस्ता व्यवसायले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन र नयाँ व्यावसायिक सम्भावनाको खोजी गर्न प्रेरणा दिन सक्छन् ।

युवाहरूले व्यक्तिगत प्रयासभन्दा पनि आपसी सहकार्य र साझेदारीलाई प्राथमिकता दिँदै व्यवसायमा लगानी गर्नु उद्यमशीलताको सकारात्मक उदाहरणका रूपमा लिन सकिन्छ । रातोघर कटेजले आगामी दिनमा आफ्नो सेवा र गुणस्तरमार्फत ग्राहकको विश्वास जित्दै लमहीको व्यावसायिक क्षेत्रमा पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्