दाङ – लमहीका युवा व्यवसायीहरुले एक विपन्न परिवारका बालबालिकालाई सहयोग गरेका छन । रुकुमको साविक काक्रे गाविस घे भइ हाल दाङको लमही स्थित अजम्मरी सामुदायिक वन र जैविक बिबिधता पार्कमा काम गर्दै आएका मैते पुन मगरका ७ वर्षिया नातिनी परि पुन मगर र ६ वर्षीय ज्याक्सन पुन मगरलाई लत्ताकपडा, जुत्ता चप्पल सहयोग गरेका हुन् ।

लमही बजारका युवा व्यवसायी सबिन गौतम, उत्तम विष्ट, सुशील खनाल (आनन्दनगर), राप्ती चस्मा घरका राकेश गुप्ता, दिनेश केसीबाट लत्ताकपडा, जुत्ता चप्पल, सहयोग भएको छ । त्यस्तै नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ५ का सभापति बिमला लम्साल भेटवालबाट २ जोर चप्पल जुत्ता, न्यु काठमाण्डौ सेल पसलबाट २ जोर जुत्ता, चप्पल सहयोग भएको छ ।

त्यसैगरी लमही गल्लीमा रहेको साधना इङ्लिस स्कुलका संचालक शिव ओलीका तर्फबाट कक्षा ५ सम्म निशुल्क पठनपाठन गरिदिने प्रतिबद्धता गरेका छन । नानीबाबुलाई विद्यालय जाने बातावरण तपाइहरुले गराउनुस विद्यालयको सम्पूर्ण खर्च विद्यालयको हुनेछ”- संचालक ओलीले भने । यस्ता सुन्दर भविष्य बोकेका नानीबाबुको लागि म मात्र नभएर जो कसैले पनि सहयोग गरेर मानवीयता देखाउनु पर्ने बताए ।

यी दुई बालबालिकाको अवस्था बारे पत्रकार प्रिया स्मृती गजमेर र शिबु खनालले सामाजिक संजाल मार्फत अभियान चलाइरहेका छन । सामाजिक संजालमा सहयोगका लागि अपिल लेखेको देखेर अहिले ति बालबालिकालाई विद्यालय सम्म पुर्याउनका लागि बिभिन्न संघ संस्था, व्यक्ति बाट सहयोग गर्छौं भनेर प्रतिक्रिया आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्