दाङ – राप्ती कवाड व्यवसायी समिती दाङका अध्यक्ष मन्जित बाँठाले समाज रुपान्तरण सबैको प्रमुख दायित्व भएको बताए । समितिको चौथो वार्षिकोत्सबको अवशरमा देउखुरीको लमहीमा आयोजना गरेको फलफुल तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा अध्यक्ष बाँठाले सो कुरा बताए ।
अझै पनि समाजले कवाड भन्ने शब्द प्रति हेर्ने दृष्टिकोण र बोलिने व्यवहार फरक भएको भन्दै हामीले पनि वातावरणलाई सफा, स्वच्छ राख्न महत्त्वपूर्ण भुमिका खेलेका छौँ भने समाजले किन हेपिने व्यवहार गर्ने ? अध्यक्ष बाँठाले भने ।
समाजले हामीलाई पनि गलत तरिकाले नबुझोस, हामी प्रति सकारात्मक सोच राखोस भनेर अब सामाजिक कार्यमा पनि लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
समितिले आइतबार लमही अस्पताल पुगेर पन्ध्रजना विरामीलाई फलफूल वितरण गरेको छ । लमही अस्पतालका निमित्त प्रमुख बवि महत, प्रशासन प्रमुख रमेश चन्दको रोहबरमा फलफुल वितरण गरिएको हो । यसभन्दा अगाडी जिल्लाका सम्पूर्ण घुमन्ते व्यापारीलाई निःशुल्क ड्रेस वितरण गरिएको थियोे ।
समितिका अध्यक्ष मञ्जित पुन, उपाध्यक्ष हकिम उल्लाह, सल्लाहकार चन्दनकुमार साह, हरिशंकर जयसवाल, सदस्य खिमबहादुर पुन मगर, लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै समितिले श्री खिमबहादुर शाह माध्यामिक विद्यालय काेलहीमा अध्यनरत अति विपन्न २० जना विद्यार्थीलाई कापि र कलम हस्तान्तरण गरिएको राप्ती कबाड व्यवसायी समितिका अध्यक्ष मन्जित बाँठाले जानकारी दिए ।
यसपछी समितिले घाेराहीमा रक्तदान कार्यक्रम र तुलसीराम ट्राफिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्