दाङ– आज भन्दा तीन वर्ष अघि चिनकाे वुहान शहरबाट फैलिएको कोरोना भाइरस मुलुकभर फैलियो । त्यसको प्रत्यक्ष असर छिमेकी राष्ट्र भारतपछि नेपालमा पनि पर्याे । कोरोना व्यापक रुपमा फैलिन थालेपछि नेपाल सरकार मन्त्री परिषद्काे बैठकले नेपालसंग जाेडिएकाे सीमावर्ती क्षेत्रमा अनिश्चितकालीन नाका बन्द गर्याे।
नेपालमा पनि विभिन्न नाका क्षेत्रमा काेभिड विरूद्व चेकजाँचमा कडाइ गर्याे । रोकथामको विभिन्न उपाय अपनाउदा पनि कोरोना नियाँत्रनामा आउँ सकेन । दाङको लगायत विभिन्न जिल्ला काेभिडको चपेटामा पर्यो । नियन्त्रणकाे लागि दाङ देउखुरीका चारवटा स्थानीय पालिकाको आकस्मिक बैठक बस्यो र कोरोना अस्पताल स्थापना गर्ने निर्णय गर्यो ।
देउखुरीका जनतालाई मध्यनजर गर्दै लमही नगरपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालेका र राप्ती गाउँपालिकाले आर्थिक संकलन गरेर लमहीको रातो डाडामा सुविधा सम्पन्न कोरोना अस्पताल स्थापना गरे । चार वटा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित बसेको बैठकले लमही स्थित फ्लोरेन्स अस्पतालका डाक्टर पुष्प भुसाललाई उक्त कोरोना अस्पतालको प्रमुख डाक्टर बनाउने निर्णय गर्यो।
यति मात्र हैन, दोस्रो पटक कोरोना फैलिन शुरु भएपछी राप्ती गाउँपालिकको मौरीघाटमा राप्ती प्राविधिक शिक्षालयमा आइसाेलेशन बन्यो।
नेपाली सेनाको जनशक्तिको श्रमबाट निर्मित आइसाेलेशन सेन्टरमा स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे। सुरुमा स्वास्थ्यकर्मी तयार पार्न मुस्किल पर्यो । हरेक पालिकाले चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराउने जिम्मा थियो।
तर, कोरोना संक्रमणको डरले गर्दा स्वास्थ्यकर्मी तयार हुन समेत समय लाग्यो। जेठ २८ बाट बिरामी भर्ना गरेर आइसाेलेशन सञ्चालनमा आयो। नेपाली सेनाको सुरक्षामा आइसाेलेशनमा उपचार सुरु भयो। आइसाेलेशनको कमाण्ड पनि उनै डाक्टर पुष्प भुसालले सम्हालेका थिए ।
समय निकै भयावह थियो, मान्छेले मान्छे छुन डरलाग्दो अवस्था थियो, कुनै पालिकाका जनप्रतिनिधि त्यो कोरोना अस्पतालको नजिक आएनन, देखा परेनन । रोजगारका लागि भारत गएका नेपालीहरु कोरोनाको चपेटामा परेपछि घर फर्किरहेका थिए, उनीहरुको चेकजाँच पछि कोरोन अस्पतालमा राख्नु पर्ने, अक्सिजनको व्यवस्थापन गर्नु पर्ने, बिरामीको हेरचाह गर्नु पर्ने, रिफर गर्नु पर्ने बिरामीलाई अन्यत्रका अस्पतालमा बेड व्यवस्थापन गर्न लगाउने जस्ता महत्वपूर्ण खेलेका व्यक्ति हुन् डाक्टर पुष्प भुसाल।
नेपालमा पनि कोरोनाले हजारौंको ज्यान लियो। त्यतिबेला डाक्टर भुसालले आफ्नो ज्यान जोखिममा पारेर कैयौं नेपाली दाजुभाई दिदीबहिनीको ज्यान जोगाउनमा मुख्य भूमिका निर्वाह गरेका थिए । उनले कुनै दिन कोरोना अस्पतालमा अक्सिजनको अभाव हुन दिएनन। दाङक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नेपाले सेनाका प्रमुखसंगको राम्रो सम्बन्धले लमहीमा रहेको कोरोन अस्पतालमा उनले कसैगरी पनि अक्सिजन लिन सफल भैहाल्थे।
आफ्नै ठाउँका जनताको सेवा गर्नु पर्छ भन्ने भावनाले उनले आफ्नै लगानीमा अस्पताल समेत संचालन गरेका छन्। सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याएर दर्जन बढी युवाहरुलाई रोजगार सिर्जना गरिदिएका छन। यति मात्र हैन उनि राप्ती गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा चार वर्ष सम्म काम गरे। पछि आफ्नो अस्पताल व्यवस्थापन गर्न परेकाले राजिनामा दिएको डाक्टर भुसालले बताए । उनि भन्छन मैले काम गरे वाफत झन्डै दुई लाख रुपैयाँ राप्ती गाउँपालिकाले दिएको छैन। त्यो मेरो दुख गरेको पारिश्रमिक हो तर पालिकाले दिने चासै गर्दैन’- डाक्टर भुसालले भने ।





प्रतिक्रिया दिनुहोस्