दाङ-सल्यानमा विहान भएको जिप दुर्घटनामा परि मृत्यु भएका सबैको सनाखत भएको छ ।
बाँकेको ढकेरी बाट सल्यानको कपुरकोट सिनवांगको लागी छुटेको रा १ ज ५६३ नम्वरको जीप विहान दुर्घटनामा परेको थियाे ।
दुर्घटनामा परी जिप चालक कपुरकोट ६ जलवांगका २१ बर्षिय जित बहादुर बोहरा, सोहि ठाउँका ३७ वर्षिय धर्मा वली, ४० वर्षिय टोप बहादुर वली, उनकाे छोरा ११ वर्षिय वसन्त वली, सोही ठाउँका ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वली, ५५ वर्षिया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षिय ललित वली रहेका छन् ।
उनिहरुकाे शवलाइ पोष्टमार्टमको लागी सल्यान अस्पताल लगिदै छ । घाइते कपुरकोट ६ जलवांगका ३५ वर्षिय तिलक वलीको तुलसिपुरमा उपचार भैरहेको छ ।
वाँकेको ढकेरीबाट विहे भोज खाएर फर्कदै गर्दा जीप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मि लगायतको टोलि खटिएको प्रहरीले जनाएकोे छ । जिपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्