लक्ष्मण बस्नेत – दाङ
तुलसीपुरमा संचालित तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियाेगिता २०७९ को उपाधी वडा नं. ७ ले जितेको छ ।
नेपाल कम्युनिस्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा संचालित प्रतियोगिताको आज शनिबार सम्पन्न फाईनल खेलमा वडा न ६ लाई ट्राईबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै वडा नं. ७ ले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद ५० हजार,कप मेडल तथा प्रमाणपत्र हात पारेको छ । फाईनलमा सम्मानजनक हार ब्यहोरेको वडा नं. ६ उपबिजेतामा सिमित रहदैं नगद २५ हजार,मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
अरनिको मैदानमा भएको कडा शानदार अनि रोमाञ्चक खेलको फस्ट हाफको सुरुवातमै वडा नं. ६ का जर्सी नं. ७ का टार्जन गिरीले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । कडा प्रतिस्पर्धात्मक खेलको ३१ औ मिनेटमा बिवेक रसाईलीको पासमा वडा नं. ७ का जर्सी नं. १० का निशान बालान क्षेत्रीले जवाफी गोल गर्दै टिमलाई १-१ को बराबरीमा पुर्याए ।
निर्धारित समय सम्म दुबै टिमबाट थप गोल हुन नसके पछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको थियो ।
फुटबल खेलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा तुलसीपुर नगर क्षेत्रका १९ वडाका १६ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठन युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठनका केन्द्रिय सदस्य एवम युवा जन स्वयंसेवक नेपालका केन्द्रिय फ्रयाक्सन ईन्चार्ज दिपक चलाउनेको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा दाङको फुटबलको विकासमा प्रशिक्षण मार्फत खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुर्याउने फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ र दाङ जिल्ला फुटबल संघका एन्फा प्रशिक्षक दुर्गा राजलवटलाई कदर पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै प्रतियोगितालाई भव्य एवम सभ्य तवरले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्