परिवर्तनको पक्षमा गठबन्धन – मन्त्री चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

दाङ – सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धन परिवर्तनको पक्षमा रहेको बताएका छन । नेकपा (एकिकृत समाजवादी ) दाङ क्षेत्र नं १ ले आयोजना गरेको बिजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभ कामना आदानप्रदान कार्यक्रममा मन्त्री चौधरीले मुलुकमा राजनीतिक परिवर्तनको लागि पटक पटक गठबन्धन गरेको स्मरण गराउँदै गठबन्धनबाटै निरङकुसता हटाउन सफल भएको दावी समेत गरे ।

उनले भने,‘नेपालमा कांग्रेस र कम्युनिष्ट पार्टी विच पटक पटक गठबन्धन भएको छ, प्रथम र दोस्रो जनआन्दोलन पनि गठबन्धनबाटै सफल भएको हो ।’ मुलुकमा देखा परेको अस्थिरताबाट पाठ सिकेर मतदातालाई आफ्नो मतमा स्वविवेक प्रयोग गर्दै परिवर्तन पक्षधरलाई जिताउन उनले आग्रह गरे।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले आगामी निर्वाचनको चुनौती भनेकै संविधान विरोधी भएकोले संविधान जोगाउन सबै जाग्नुपर्ने बताएका छन । संविधानकै लागि ठूलो बलिदान गरेका कारण संविधान नै मास्न खोज्नेहरुबाट सावधान रहन उनको आग्रह छ । कार्यक्रममा नेकपा (एकिकृत समाजवादी ) का केन्द्रिय सचिव भागवत विश्वासीले टुटाउन र संविधान विपरितका गतिविधि गर्न केहि शक्तीहरु लागि परेको बताए।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्