दाङ – नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले उम्मेदवारी दर्ता गराएका छन ।
कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुरागले दाङ १ को प्रदेश “ख” का लागि उम्मेदवारी दिएका हुन । मौसम प्रतिकुलका कारण दाङ आउन नसक्दा निर्वाचन आयोगको मुख्य कार्यालयमै पुगेर अनुरागले उम्मेदवारी दर्ता गराएका हुन ।
अनुरागले दाङ १ प्रदेश “ख” मा टिकट प्राप्त गरेपछी उत्साह छाएको छ । स्वर्गीय नेता खड्काको पुत्र अनुरागको टक्कर नेकपा एमालेका नेता कुलबहादुर केसीसंग हुनेछ । केसी पनि लमही नगरपालिकाका संस्थापक नगर प्रमुख पनि हुन ।
स्थानीय तह निर्वाचनको तथ्यांक अनुशार दाङ १ मा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी दोस्रो, नेकपा एमाले तेस्रो र एकीकृत समाजवादी पार्टी चौथो स्थानमा छन ।
पहिलो, दोस्रो र तेस्रो पार्टी विच गठबन्धन हुँदा गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरु बलियो देखिएका छन । एमाले भित्र किचलो शुरु भएको छ । एमाले नेतृ गंगा थारुले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी छन ।

प्रतिक्रिया दिनुहोस्