बाढी पिडितलाई राहत सामाग्री प्रदान

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका भित्र रहेका बाढी पिडितलाई राहत सामाग्री प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा दाङ र युनिसेफ नेपालले उपलब्ध गराएको राहत सामग्रीलाई लमही नगरपालिकाको उपस्थितिमा प्रदान गरिएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए ।

No description available.

यहि असोज २१ गते आएको बाढीले लमही नगरपालिकाक नौ वटै वडामा धेरै बस्ति डुबानमा पर्नुका साथै घर भत्किएका छन् । नगरपालिकाको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी उपशाखा लमही र नगरपालिकाले घर भत्किएको सबै स्थानमा स्थलगत अनुगमन गर्दै विवरण संकलन गरेको थियो, सो विवरण अनुशार हिज मंगलबार देखि पिडितलाई राहत स्वरुप त्रिपाल, कम्बल, झुल, टबेल, साबू, ब्रुश मन्जन, सेनेटरी प्याड लगायतका अत्यावश्यक सामाग्री वितरण गर्दै आएको छ । मंगलबार मात्र तीस जनालाई वितरण गरिएको थियो।

No description available.

त्यस्तै आज वडा नम्बर ७, ८ र ९ का अन्ठाउन्न घर बाढी पिडितलाई वितरण गरिएको छ भने बाँकी पिडितलाई क्रमश वितरण गरिंदै जाने नेपाल रेडक्रस सोसाइटी उपशाखा लमहीका सभापति थानेश्वर गैरेले जानकारी दिए । आज राहत वितरण कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, लमहीका सभापति थानेश्वर गैरे, सतिश गौतम, प्रहरी, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तस्बिर – शिवु खनाल

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्