दाङ – दाङको लमहीमा पाँच दलिय गठबन्धनको संयुक्त भेला सम्पन्न भएको छ । उक्त भेलालाई आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले सम्बोधन गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री मेटमणि चौधरीले गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका छन । पाँच दलिय गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै मंत्री चौधरीले सो कुरा बताएका हुन ।
साथै मन्त्री चौधरीले पाँच दलिय गठबन्धनमा ईमान्दारिता अपरिहार्य भएको बताउदै उनले भने,–। ‘सिट बाँडफांडमा पूर्ण सहमति गरेर हामी मनोनयन दर्ता गराउँदा सम्म जसरी सत्साह र इमान्दारिता देखिएका छौं,यो इमान्दारिता मतदानको दिन सम्म पनि कायम रहन आवश्यक छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री तथा प्रदेश सभा ‘क’ का उम्मेदवार इन्द्रजीत थारुले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा आउने दावी गर्दै, संविधान रक्षाको लागि इमान्दारीता पूर्वक गठबन्धकै पक्षमा मदतान गर्न आग्रह गरे ।
त्यस्तै दाङ – १ प्रदेश सभा सदस्य पदका उम्मेदवार अनुराग खड्काले आफ्ना दिवंगत बाबु खुमबहादुर खड्काको सपना साकार पार्न आफु राजनीतिमा होमिएको बताए । टिकट प्राप्तिका बेला टिकट लिनकै लागि थुप्रै दिग्गज नेताहरु लागि परे पनि टिकट आफुले लिन सफल भएको भन्दै यो टिकट प्राप्तिमा कसैले पनि रिसराग नराखी सहयोगका लागि आग्रह गरे । समग्र दाङ जिल्लाको विकासको लागि सबै एकजुट भएर सबै लाग्नु पर्ने युवा नेता अनुराग खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्